भरतपुरमा काँग्रेसका बागी उम्मेदवार पौडेलले लिएनन् उम्मेदवारी फिर्ता
शुक्रबार, १६ वैशाख २०७९, १७ : २३
भरतपुरमा महानगरपालिकाको मेयरमा काँग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले उम्मेदवारी कायमै राखेका छन् । शुक्रबार साँझ ५ बजेसम्म नाम फिर्ता दिन समय निर्धारण भएपनि पौडेलले सो समयमा उम्मेदवारी फिर्ता नगरेका हुन् ।
काँग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनालले पौडेलको उम्मेदवारी फिर्ताका लागि ३ दिनदेखिको प्रयास असफल भएको बताए । भरतपुरमा गठबन्धनका उम्मेदवार रेणु दाहाललाई सघाउने काँग्रेसको निर्णय थियो ।
यसैबीच पोखरा महानगरमा काँग्रेसका दुई बागी उम्मेदवारले भने उम्मेदवारी फिर्ता लिएका छन् । पोखरा महानगरमा नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले मेयर पदको उम्मेदवारी फिर्ता लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
-
तराई–मधेसका युवाहरूले सुरु गरे ‘हुँकार मधेस’ अभियान
-
तिलगंगाबासी भन्छन् – ‘हामी सुकुमबासी होइनौँ, राज्यले अधिकार हनन् गर्यो’
-
बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण