पोखरा मेयरका काँग्रेस बागी उम्मेदवार विमल कार्कीले मनोनयन फिर्ता लिएनन्
शुक्रबार, १६ वैशाख २०७९, २२ : ४८
पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका काँग्रेसका विमल कार्कीले मनोनयन फिर्ता लिएनन् । काँग्रेस तथा गठबन्धनको निर्देशनविपरीत उनले मनोनयन फिर्ता नलिएका हुन् । काँग्रेसले आफ्ना बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन निर्देशन दिएको थियो । तर, उनले जानीजानी फिर्ता नलिएको बताएका छन् ।
निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन फिर्ता लिन समय दिएको थियो । तर, काँग्रेस पोखराका पूर्वसभापति समेत उनले आफ्नो उम्मेदवारी फिर्ता लिएनन् । उनले गठबन्धन कुनै हालतमा स्वीकार्ने बताउँदै आएका थिए । तर, पोखरा मेयरमा दिएको उम्मेदवारी काँग्रेसकै नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले फिर्ता लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण