माओवादी केन्द्र बर्दिबासका बागी उम्मेदवार सुस्लिङ्गद्वारा उम्मेदवारी फिर्ता
माओवादी केन्द्र महोत्तरीका बागी उम्मेदवारले उम्मेदवारी फिर्ता गरेका छन् । टिकट नपाएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका जिल्लाका विभिन्न पालिकाका उम्मेदवारले बागी उम्मेदवारी फिर्ता लिएका हुन् । बर्दिबास नगरपालिकाका शक्तिशाली बागी उम्मेदवार रुद्र सुस्लिङ्ग मगरले पनि उम्मेदवारी फिर्ता गरेका छन् । पाटीको अनुरोधलाई स्वीकार गर्दै मनोनयन दर्ता फिर्ता गरेको मगरले बताए ।
मगरले बागी उम्मेदवार फिर्ता गरेसँगै विपक्षी दल नयाँ रणनीतिमा लागेका छन् । काँग्रेसबाट बागी उम्मेदवार दिएका प्रह्लाद क्षेत्रीले भने उम्मेदवारी फिर्ता गरेका छैनन् । क्षेत्रीलाई समर्थन गर्दै विभिन्न वडाबाट मनोनयन दर्ता गरेका काँग्रेसका उम्मेदवारले भने मनोनयन फिर्ता गरेका छन् ।
निर्वाचन आयोगले उम्मेदवारी फिर्ता भएका सबैको नामावली आज बेलुकी ६ बजे प्रकाशन गर्ने कार्यक्रम रहेको छ । बर्दिबासबाट उम्मेदवारी फिर्ता गर्नेमा धेरैजसो नेपाली काँग्रेसका कार्यकर्ता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण