हेटौंडाका ३ मेयर र २ उपमेयरसहित ४९ जनाद्वारा उम्मेदवारी फिर्ता
शुक्रबार, १६ वैशाख २०७९, १९ : २५
हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएका ३ जनाले मनोनयन फिर्ता गरेका छन् । हेटौंडाको मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका दुई दल र एक जना स्वतन्त्र उम्मेदवारले मनोनयन फिर्ता गरेका हुन् ।
दलबाट मनोनयन फिर्ता गर्नेमा गठबन्धनको दल जनता समाजवादी पार्टीकी दिपा लामा, नेपालको लागि नेपाली दलका सुकुन्द प्रसाद आचार्य र स्वतन्त्रतर्फकी सुरक्षा रिजालले मनोनयन फिर्ता लिएका हुन् ।
यस्तै उपमेयर पदमा उम्मेदवारी दिएका २ दलका उम्मेदवारले मनोनयन फिर्ता गरेका छन् । उम्मेदवारी फिर्ता गर्नेमा जनता समाजवादी पार्टीका हरिहर खतिवडा र नेकपा समाजवादी पार्टीकी मखकुमारी तिमल्सिना रहेका छन् ।
यस्तै हेटौंडा उपमहानगरपालिकाको विभिन्न पदमा मनोनयन गराएका ४४ जनाले उम्मेदवारी फिर्ता गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण