बुटवल उपमहानगरमा गठबन्धन तोडेर उम्मेदवारी दिएका तीन दल ‘ब्याक’ भए
बुटवल उपमहानगरमा सत्तारुढ गठबन्धनबीच भागबण्डामा सहमति नहुँदा गठबन्धन तोडेर उम्मेदवारी दिएका दलहरु उम्मेदवारी फिर्ता लिएर फेरि एकै ठाउँ उभिएका छन् । जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीले गठबन्धन तोडेर विभिन्न पदमा दिएका उम्मेदवारी शुक्रबार फिर्ता लिँदै गठबन्धनमै एकाकार भएका हुन् ।
जनता समाजवादी पार्टीले उपमहानगर प्रमुख र उपप्रमुखमा दिएको उम्मेदवारी शुक्रबार फिर्ता लिएको छ । यसअघि गठबन्धनमा सहमति नहुँदा प्रमुख, उपप्रमुख सहितका पदहरुमा उम्मेदवारी दिएको समाजवादीले पनि केन्द्रमा भएको सहमति पालना गर्दै उम्मेदवारी फिर्ता लिएको छ ।
सत्तारुढ पाँच दलीय गठबन्धनको मर्म र भावना अनुसार संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरुले उम्मेदवारी फिर्ता लिएको जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य पंकज राईले बताए ।
बुटवलमा राष्ट्रिय जनमोर्चाका तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका कृष्ण प्रसाद पोखरेल र उपप्रमुखका उम्मेदवार रेणुकुमारी सिंह क्षेत्रीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरुले गठबन्धनलाई सहयोग गर्ने घोषणासमेत गरेका छन् ।
बुटवल उपमहानगरको प्रमुखमा गठबन्धनबाट काँग्रेसका खेलराज पाण्डे र उपप्रमुखमा एकीकृत समाजवादीका चिनबहादुर गुरुङ उम्मेदवार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण