मुख्य लक्ष्य नै सिरिज जित्नु हो : कप्तान सन्दीप
नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेले जिम्बावे एसँगको सिरिज जित्ने टिमको लक्ष्य भएको बताएका छन् । जिम्बावे ‘ए’ विरुद्धको खेलअघि पत्रकारसँग बोल्दै सन्दीपले टिमको मुख्य लक्ष्य सिरिज जित्नु भएकोले त्यसै अनुसार तयारी गरिरहेको बताए । साथै उनले टिमले यो सिरिजलाई एक्स्पेरिमेन्टका रुपमा नहेरेको प्रतिक्रिया दिएका छन् ।
‘सिरिज जित्ने मुख्य लक्ष्य हो । जिम्बावे ए पनि बलियो टोलीको रुपमा ठानेका छौं । यो सिरिज जितेर समर्थकलाई खुसी दिलाउने योजना छ,’ सन्दीपले भने । सन्दीपले जिम्बावेविरुद्धको खेल कुनै एक्स्पेरिमेन्ट नहुने जोड दिए । बलियो टोली विरुद्धको खेल सँधै महत्वपूर्ण हुने उनले बताए ।
‘हामीले पूर्ण रुपमा बलियो टोली तयार गरेका छौं । यो कुनै एक्सपेरिमेन्टको रुपमा हामीले हेरेका छैनौं,’ सन्दीपले भने । नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग सिरिज खेल्दैछ । उक्त खेलको तयारीका लागि यो सिरिज अभ्यासका रुपमा हरेको छ ।
नेपाल र जिम्बावे ‘ए’ सिरिजअन्तर्गत एकदिवसीय सिरिजको पहिलो खेल शनिबार त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण