सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

मुसिकोट नगरपालिकामा ८० जनाले उम्मेदवारी फिर्ता लिए

शनिबार, १७ वैशाख २०७९, ०६ : ५६
शनिबार, १७ वैशाख २०७९

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा ४ जना नगरप्रमुख र १ जना उपप्रमुखका उम्मेदवारसहित ८० जनाले उम्मेदवारी फिर्ता लिएका छन्

निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नगरप्रमुख, उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य सहित ८० जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका अधिकृत अशोक कुमार रानाले जानकारी दिए । त्यस्तै नगरप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका वीरबल केसी, एमालेका तर्फबाट नगरप्रमुखका उम्मेदवार अञ्जना चन्द, राप्रपाबाट उम्मेदवारी दिएका नवीन मल्ल र जनता समाजवादी पार्टीका तर्फबाट उम्मेदवार दिएका प्रेम बोहराले उम्मेदवारी फिर्ता लिएका छन् ।

उता काँग्रेसबाट उपप्रमुखमा उम्मेदवारी दिएकी निर्मला गिरीले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । अधिकृत रानाका अनुसार २५ जना वडाध्यक्ष, ११ जना महिला सदस्य, ११ जना दलित सदस्य र २८ जना खुल्ला सदस्य पदका उम्मेदवारहरूले आ-आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप