८.५ अर्ब डलरको टेस्लाको सेयर बेचेपछि मस्कले भने – अब बेच्दिनँ
एलन मस्कले विद्युतीय सवारी निर्माता टेस्लाको ८.५ बिलियन अमेरिकी डलर बराबरको सेयर बेचेका छन् । सामाजिक सञ्जाल ट्वीटर बोर्डले कम्पनी बेच्न स्वीकृति जनाएसँगै मस्कले ठूलो मात्रामा सेयर बिक्री गरेका हुन् ।
मस्कले यही साताको मंगलबार ३.३ बिलियन अमेरिकी डलर बराबरको ३.७ मिलियन सेयर बिक्री गरेका थिए । यस्तै, बुधबार ६५४ मिलियन अमेरिकी डलर बराबरको ७ लाख ३५ हजार कित्ता सेयर बेचेका थिए भने शुक्रबार ४.५ बिलियन बराबरको ५.२ मिलियन सेयर बिक्री गरेका थिए ।
यसक्रममा उनले सेयर बिक्री गरेबापत प्रतिकित्ता ८८३ रुपैयाँका दरले रकम पाएका छन् । सातामा तीन पटक अर्बौँ डलरको सेयर बिक्री गरेपछि मस्कले अब सेयर बेच्ने योजना नरहेको जानकारी दिएका छन् । उनले ट्वीट गर्दै सेयरधनीहरूमाझ थप सेयर नबेच्ने जानकारी दिएका हुन् ।
प्रमुख कार्यकारी अधिकृत समेत रहेका मस्कले टेस्लाको बिक्री गरेपछि सेयर मूल्य लगातार ओरालो लागिरहेको छ । खासगरी, मस्कको ४४ बिलियन अमेरिकी डलरमा ट्वीटर किन्ने प्रस्ताव पारित भएको छ । यससँगै, ट्वीटर किन्ने पैसा जुटाउने उनले टेस्लाको सेयर लगातार बेचिरहेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
-
युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झर्यो तेल
-
आगामी मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको १२ बुँदे सुझाव
-
ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार वृद्धको मृत्यु
-
आचारसंहिताभित्र रहेर निर्वाचन प्रक्रियामा सहभागी हुन रास्वपाको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण