सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

हुम्लाकी रंगमति शाही बनिन् जिल्लाकै पहिलो महिला वडाध्यक्ष

शनिबार, १७ वैशाख २०७९, १६ : ४७
शनिबार, १७ वैशाख २०७९

हुम्ला खर्पुनाथ गाउँपालिका–४ मा नेपाली काँग्रेसबाट वडा अध्यक्षकी उम्मेदवार रंगमति शाही निर्विरोध निर्वाचित भएकी छिन् । उनी निर्वाचितमात्रै भइनन् सिंगो जिल्लाबाटै महिला वडाध्यक्ष हुने इतिहास पनि रचेकी छिन् । 

खार्पुनाथ गाउँपालिका–४ को वडा अध्यक्षमा शाहीसहित तीन जनाले उम्मेदवारी दर्ता गराएको खार्पुनाथ गाउँपालिका निर्वाचन अधिकृत कमल कुमार आचार्यले बताए । उनका अनुसार दुई जनाले शनिवार मनोनयन फिर्ता लिएपछि शाही निर्विरोध निर्वाचित भएकी हुन् ।

निर्वाचन कार्यतालिका अनुसार सबै पक्रिया पूरा भएपछि आज शाहीलाई निर्विरोध वडाध्यक्ष घोषणा गरिएको हो । खार्पुनाथ गाउँपालिका–४ को वडा अध्यक्ष पदको लागि नेकपा माओवादी केन्द्रकी हदेली जेठारा र नेकपा एमालेबाट कमल रावतले उम्मेदवारी दिएका थिए । माओवादीले आफ्नो तर्फबाट परेको उम्मेदवारी फिर्ता लिन जिल्लाबाट लिखित निर्देशन दिएको थियो । एमालेका उम्मेदवारले भने आफै फिर्ता लिएका हुन् । –  सुरेस परियार/न्युज कारखाना  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप