पत्रपत्रिका
स्वचालित पेसी प्रणाली लागू गर्ने तयारी
सोमबार, १९ वैशाख २०७९, ०५ : ५४
सर्वोच्च अदालतले स्वचालित पेसी प्रणाली लागू गर्ने तयारी थालेको छ । गोला प्रणाली प्रतिस्थापनका लागि स्वचालित प्रणाली लागू गर्न लागिएको हो । न्यायपालिकाको विकृति विसङ्गति अध्ययन गर्न गठित समितिले हालको पेसी व्यवस्थापनलाई स्वचालित बनाउन सुझाव दिएको थियो ।
समितिले २०७८ मङ्सिरदेखि नै स्वचालित प्रणाली कार्यान्वयनमा ल्याउन सुुझाव दिएको थियो तर मङ्सिरबाट गोला प्रणाली लागू भएको थियो । गोला प्रणाली लागू भएको पाँच महिनापछि स्वचालित प्रणालीमा जाने तयारी थालिएको हो । सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले स्वचालित प्रणालीको तयारी र जनशक्तिको तालिमलगायतका विषयमा सरकारसँग बजेट माग भएको बताए । आइतबार बसेको सर्वोच्चको पूर्ण बैठक (फुलकोर्ट)ले बजेट माग गर्ने निर्णय गरेको उनले बताए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएल तेस्रो संस्करणः यी हुन् क्याटोगरी 'सी' अन्तर्गत छानिएका १७ खेलाडी
-
तत्काल बजार भाउ घटाउन मन्त्रीको कडा निर्देशन
-
टिकटकमा दुर्व्यवहारको भिडिओ राख्ने युवतीको साहसलाई गृहमन्त्रीको सम्मान
-
अन्तिम–१६ को महाभिडन्तअघि पोर्चुगल र स्पेनबारे जान्नुपर्ने कुरा
-
अख्तियारबाट एकाएक किन सरुवा भए डीआईजीसहितका प्रहरी अधिकृत ?
-
तनहुँका दुई स्थानीय तहको बजेट पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण