टिकटकमा दुर्व्यवहारको भिडिओ राख्ने युवतीको साहसलाई गृहमन्त्रीको सम्मान
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले ललितपुरको इमाडोलमा दुर्व्यवहारमा परेकी युवतीको साहसको सम्मान गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत गृहमन्त्री गुरुङले युवतीको नामै उल्लेख गरी उनको हिम्मतको प्रशंसा गरेका हुन् । साथै उनले उक्त घटनाका आरोपीलाई पक्राउ गरिसकिएको पनि जानकारी दिएका छन् । ललितपुर प्रहरीले उक्त घटनामा संलग्न बैतडी पाटन नगरपालिका घर भएका ५५ वर्षीय सुरेन्द्र भट्टलाई पक्राउ गरेको थियो । उनी सरकारी कर्मचारी हुन् ।
पीडित युवतीले टिकटकमार्फत आफूमाथि भएको दुर्व्यवहार सार्वजनिक गरेर देखाएपछि ती पुरुषलाई प्रहरीले पक्राउ गरेको थियो । साथै गृहमन्त्री गुरुङले कुनै पनि महिला वा छोरीचेलीमाथि हुने यौन दुर्व्यवहार र उत्पीडन सभ्य समाजका लागि कदापि स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।
आफ्नो पीडा पुष्टि गर्नका लागि पीडित आफैँले भिडियो सार्वजनिक गर्नुपर्ने अवस्था सिर्जना हुनु चिन्ताको विषय भएको गृहमन्त्रीको भनाइ छ । यस्ता घटनाको घोर भर्त्सना गर्दै उनले दोषी जोसुकै भए पनि कानुनको कठघरामा उभ्याएर कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
'प्रत्येक महिलाले सुरक्षित महसुस गर्ने वातावरण सुनिश्चित गर्नु राज्य र समाज दुवैको जिम्मेवारी हो,' उनले फेसबुकमा लेखेका छन् ।
गृहमन्त्री गुरुङले यौन हिंसाका पीडितहरूलाई अन्याय सहेर नबस्न र ढुक्क भएर आवाज उठाउन आग्रहसमेत गरेका छन् । उनले यस्ता घटना घटे वा कतै भएको जानकारी पाए तत्काल नजिकको प्रहरी कार्यालयमा उजुरी दिन अनुरोध गरेका छन् ।
यदि कुनै कारणले प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न असहजता भएमा सम्बन्धित जिल्ला प्रहरी परिसर वा सीधै गृह मन्त्रालयमा जानकारी गराउन सकिने उनीद्वारा जारी वक्तव्यमा उल्लेख छ । साथै, पीडितको उजुरी लिन अस्वीकार गर्ने वा गुनासोलाई बेवास्ता गर्ने प्रवृत्तिमाथि समेत मन्त्रालयले कडा निगरानी राख्ने र त्यस्तो प्रवृत्ति स्वीकार्य नहुने चेतावनी दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको केन्द्रीय समितिले कहिले पाउँछ पूर्णता ?
-
कोशी प्रदेशको स्वास्थ्य सचिवमा डा. कीर्तिपाल सुवेदी
-
नेप्सेका सीईओको राजीनामा स्वीकृत
-
एनपीएल तेस्रो संस्करणः यी हुन् क्याटोगरी 'सी' अन्तर्गत छानिएका १७ खेलाडी
-
तत्काल बजार भाउ घटाउन मन्त्रीको कडा निर्देशन
-
टिकटकमा दुर्व्यवहारको भिडिओ राख्ने युवतीको साहसलाई गृहमन्त्रीको सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण