आईजीपी नियुक्तिमा असन्तुष्टि जनाउँदै २ एआईजी बिदामा
सरकारले धिरज प्रताप सिंहलाई २९ औँ प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेसँगै उनका प्रतिस्पर्धी दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बिदामा बसेका छन् ।
आईजीपीको प्रतिस्पर्धामा रहेका एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापाले लामो बिदा लिएका हुन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेको थाहा पाएपछि दुवैले पेस गरेका थिए ।
अवकाशमा जानुअघि निवर्तमान आईजीपी शैलेश थापा क्षेत्रीले उनीहरूको बिदा स्वीकृत गरेका छन् । प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतका अनुसार वरीयताको एक नम्बरमा रहेका एआईजी पोखरेलले १ महिना लामो बिदा लिएका छन् । सहकुल थापाले १० दिनको घरबिदा लिएका छन् ।
आईजीपीका प्रतिस्पर्धीहरू एउटै मितिमा प्रहरीमा भर्ना भए पनि फरक समयमा एआईजीमा बढुवा भएका थिए । विश्वराज पोखरेललाई २०७७ मङ्सिर २५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एआईजीमा बढुवा गरेको थियो । सहकुल थापा २०७८ असार २४ मा एआईजी भएका हुन् ।
२०७८ चैत १७ मा धिरज प्रताप सिंह र रवीन्द्र बहादुर धानुकलाई वर्तमान मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी थपेर बढुवा गरेको थियो । एआईजीको वरीयता अनुसार विश्वराज अन्य प्रतिस्पर्धी भन्दा १६ महिना सिनियर थिए । सहकुल बहादुर थापा नवनियुक्त आईजीपी सिंहभन्दा ९ महिना सिनियर छन् । आईजीपी सिंह र रवीन्द्र बहादुर धानुकलाई सरकारले १ महिनाअघि एआईजीमा बढुवा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

