कुन उम्मेदवारले कति सवारी साधन प्रयोग गर्न पाउनेछन् ?
सोमबार, १९ वैशाख २०७९, २० : १२
निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारहरूका लागि सवारीसाधन प्रयोग निर्देशिका जारी गरेको छ । यही वैशाख ३० गतेको निर्वाचनका लागि आयोगले सोमबार निर्देशिका जारी भएको हो ।
निर्वाचन आचारसंहिता कार्यान्वयन कार्यविधि, २०७९ का अनुसार उम्मेदवारले निर्वाचन अधिकृतबाट अनुमति पत्र लिएर मात्र प्रचारप्रसारका लागि सवारीसाधन प्रयोग गर्न पाउने छन्। जसअनुसार महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख र वडाध्यक्ष वा वडा सदस्यले बढीमा दुई वटा हलुका सवारीसाधन प्रयोग गर्न पाउने छन् ।
नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्यले एउटा हलुका सवारीसाधन र दुई वटासम्म घोडा प्रयोग गर्न पाउने छन्। आयोगका अनुसार अधिकृतले निवेदनका आधारमा उल्लिखित सङ्ख्यामा नबढ्ने गरी सवारीसाधन प्रयोग गर्न अनुमति दिने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण