मे महिनाको अन्त्यतिर युक्रेनमा अमेरिकी दूतावास पुनर्स्थापना हुने
अमेरिकाले युक्रेनमा यही मे महिनाको अन्त्यसम्ममा आफ्नो दूतावास पुनर्स्थापना गर्ने जनाएको छ । रुसी आक्रमणमा परेको युक्रेनको राजधानी किभमा अमेरिकाले आफ्नो दूतावास फेरि पुनर्स्थापना गर्न लागेको हो ।
गत फेब्रुअरीमा रुसले आक्रमण सुरु गरेपछि सुरक्षाको कारण देखाउँदै अनिश्चितकालका लागि दूतावास बन्द गरेको अमेरिकाले युद्ध नरोकिए पनि अहिले दूतावास पुनर्स्थापना गर्न लागेको अधिकारीहरूले जनाएका छन् । अमेरिकी कूटनीतिज्ञहरूका अनुसार दूतावास पुनर्स्थापनाका लागि आवश्यक गृहकार्य तीव्र रूपमा भइरहेको छ ।
“हामीले चाँडै दूतावास पुनर्स्थापना हुने अपेक्षा गरेका छौँ, त्यसका लागि अमेरिकाको तर्फबाट गर्नुपर्ने गृहकार्य भइरहेको छ,” एक सरकारी अधिकारीले पत्रकार सम्मेलनमा सोमबार भने । युक्रेनमाथि रुसले गरेको आक्रमणको सबैभन्दा चर्को विरोध गर्दै आएको अमेरिकाले रुसी आक्रमणकारीले आफ्नो दूतावासमा पनि आक्रमण गर्ने खतरा रहेको भन्दै दूतावास बन्द गरेर आफ्ना सबै कर्मचारीहरूलाई स्वदेश फिर्ता गरेको थियो ।
अमेरिकाले युक्रेनमाथि रुसले आक्रमण गर्न लागेको आरोप आक्रमण हुनुभन्दा केही दिन अगाडि देखि नै लगाउँदै आएको थियो । तर रुसले भने आक्रमणको तयारी नभएको दाबी गर्दै आएको थियो । अन्ततः फेब्रुअरी २४ मा अमेरिकाको आरोप सत्य साबित भयो । रुसको आक्रमणका कारण अहिलेसम्म युक्रेनमा सयौँको मृत्यु भएको छ भने लाखौँ विस्थापित भएका छन् ।
दुई देशको विवाद चर्किँदै गएपछि युद्धमा परिणत भएको हो । वार्ताको माध्यमबाट तत्काल युद्ध अन्त्य गर्न विश्व समुदायले आग्रह गरेको छ । सर्वत्र आग्रहका आधारमा आक्रमण भएको पहिलो हप्तामा केही चरणमा वार्ता भए पनि सफल हुन नसकेपछि युद्ध अहिले पनि जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण