हुम्लामा तीन हप्तादेखि टेलिफोन सेवा अवरुद्ध
हुम्ला जिल्लाको तल्लो क्षेत्रमा करिब तीन हप्तादेखि टेलिफोन सेवा अवरुद्ध छ । नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि हुम्ला जिल्लाको अदानचुली, ताँजाकोट, चङ्खेली र सर्केगाडसहित मुगु जिल्लाको सोरु गाउँपालिका सञ्चारविहीन भएका छन् ।
सेवा अवरुद्ध भएपछि टेलिफोनका माध्यमबाट गर्ने सबै खालका कामकारबाही प्रभावित भएको बताइएको छ । टेलिफोन सेवा अवरुद्ध भएपछि कहाँ र कसरी अवरुद्ध भएको खबर हुन नसकेको गाउँपालिका स्रोतले जनाएको छ । यहाँका नागरिकहरू फोन गर्नकै लागि अग्लो डाँडामा चढेर घण्टौँ कुरेर फोन गरी फर्किनुपर्ने बाध्यता रहेको अदानचुली गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ भने निर्वाचनको लागि खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीलाई जिल्ला वा सम्बन्धित निकायमा खबर गर्न गाह्रो भएको बताएका छन् ।
यसैगरी जिल्लाको माथिल्लो क्षेत्रका नागरिक तीन दिनदेखि टेलिफोन सञ्चार सेवाबाट बञ्चित बनेका छन् । दैलेखमा रहेको महाबुलेखको टावरमा खराबी आउँदा यहाँका सेवाग्राहीले सास्ती खेप्नुपरेको छ । यस्तै इन्टरनेट सेवा अवरुद्ध हुँदा आधा दर्जन बढी बैंक तथा वित्तीय संस्थाको कारोबार ठप्प भएको छ । सञ्चारकर्मीलाई सूचना सम्प्रेषण गर्न पनि समस्या भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण