जुम्लामा ७६ हजार मतपत्र पुग्यो
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि जुम्लामा ७६ हजार मतपत्र आइपुगेको छ । मुख्य निर्वाचन अधिकृत कार्यालय जुम्लाका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायका अनुसार ७६ हजार मतपत्र आइपुगेको हो ।
उनका अनुसार एक सय ५२ पेटिमा ७६ हजार मत पत्र जुम्ला आइपुगेको छ । मतपत्र प्याकिङ र निर्वाचन अधिकृतसँग जनशक्ति व्यवस्थापन लगायतका बिषयमा छलफल समेत भइरहेको छ उपाध्यायले बताए । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीश जवाहरप्रसाद सिंहका अनुसार जुम्लालाई आवश्यक ६६ हजार मत पत्र भए पनि १० हजार मतपत्र बढी आएको छ ।
मतपत्र नेपाली सेनाले सुरक्षाका साथ स्कटिङ गरेर सम्बन्धित मतदान स्थलसम्म स्थलमार्गबाट जुम्ला पुर्याइनेछ । नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापाका अनुसार नेपाली सेनाले जुम्लाका लागि कालिकोटबाट हावा र पानी नछिर्ने ठूलो कन्टिनजरमा स्टकटिङ गरेर मतपत्र जुम्ला ल्याएर मुख्य निर्वाचन कार्यालयमा बुझाइएको छ । जुम्लामा ६७ हजार सात ४४ मतदाता छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण