सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय

रुकुम (पूर्व) मा ३९ हजार मतपत्र आइपुगे

मङ्गलबार, २० वैशाख २०७९, २१ : १७
मङ्गलबार, २० वैशाख २०७९

रुकुम (पूर्व) मा आसन्न स्थानीय तह निर्वाचनका लागि ३९ हजार मतपत्र आइपुगेका छन् । ती मतपत्रलाई सिस्ने गाउँपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । मतपत्रसँगै निर्वाचनका लागि आवश्यक सामग्री पनि जिल्लामा आइपुगेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी तेजकुमार ओलीले जानकारी दिए । 

निर्वाचन सामग्री जिल्लामा आइपुगेसँगै निर्वाचन सम्पन्न गर्न आवश्यक तयारी तीव्ररूपमा अगाडि बढिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा मतदान अधिकृत र सहायक मतदान अधिकृतको नामावली पनि प्रकाशन गरिसकिएको छ । मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि २२ गते रुकुमकोटमा रहेको रुक्मिणी माविको हलमा तालिम सञ्चालन हुने भएको छ । 

यस्तै जिल्लामा मतदाता परिचयपत्र पनि आइपुगेका छन् । जिल्लामा आएका मतपत्र, मतदाता परिचयपत्रसँगै अन्य सामग्रीहरु चुनाव हुनुभन्दा तीन दिनअघि नै सबै मतदान केन्द्रमा पु¥याइसक्ने निर्वाचन अधिकारी ओलीले बताए । उनका अनुसार अहिले मतपत्र मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ भने अन्य सामग्रीहरु जिल्ला निर्वाचन कार्यालयमा राखिएको छ । 

यस जिल्लामा ३३ हजार ५१८ मतदाता सङ्ख्या रहेको छ । महिला १६ हजार चार हजार ६२४ र पुरुष मतदाताको सङ्ख्या १६ हजार ८९४ रहेको जिल्ला निर्वाचन कार्यालय रुकुम (पूव)ले जानकारी दिएको छ ।

जिल्लामा ३५ मतदानस्थल र ४९ वटा मतदान केन्द्र छन् । ती ४९ वटा मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको नामावली सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गरेको हो । सिस्ने गाउँपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक सूचना जारी गर्दै मतदान अधिकृत र सहायक मतदान अधिकृतको नाम सार्वजनिक गरेको हो । 

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि ४९ वटै मतदान केन्द्रमा खटिने मतदान अधिकृत (जगेडासहित) र सहायक मतदान अधिकृतको सूची सार्वजनिक गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप