अब यस्ता प्रयोगकर्ताले ट्विटर चलाउन पैसा तिर्नुपर्ने
अहिलेसम्म मानिसहरूले ट्विटर प्रयोग गर्न कुनै प्रकारको पैसा तिर्नुपर्दैन । तर, भविष्यमा ट्विटरका लागि पैसा तिर्नुपर्ने हुन सक्छ ।
यो जानकारी माइक्रोब्लगिङ साइट ट्विटर किनेका एलन मस्कले दिएका हुन् ।
उनले ट्वीटरमा भने, ‘ट्विटर सधैं सामान्य प्रयोगकर्ताहरूको लागि निःशुल्क हुनेछ तर त्यहाँ व्यावसायिक र सरकारी प्रयोगको लागि केही शुल्क लाग्न सक्छ ।’
यस्तो अवस्थामा सरकारी वा व्यापारिक कम्पनी वा संस्थाले ट्विटरको सेवा लिएमा केही रकम तिर्नुपर्ने हुनसक्छ ।
Twitter will always be free for casual users, but maybe a slight cost for commercial/government users
— Elon Musk (@elonmusk) May 3, 2022
एलन मस्कले ट्विटरमा परिवर्तनको बारेमा पहिले नै संकेत गरिसकेका छन् । उनले ट्वीटरमा एडिट बटन दिएको पनि बताए । उनले ट्विटरको व्यवस्थापन पनि परिवर्तन गर्न सक्नेछन् ।
एलन मस्क लामो समयदेखि ट्विटर किन्ने प्रयासमा थिए, तर उनी बल्ल सफल भएका छन् ।
केही विवादपछि २५ अप्रिलमा एलोन मस्क र ट्विटरबीच सम्झौता भयो र उनले ट्विटर किनेका थिए । उनले ४४ बिलियन डलरमा ट्विटर किनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
-
गिल र किशनको विष्फोटक शतक, अफगानिस्तानविरुद्ध भारतको विशाल जित
-
लुम्बिनीमा एमालेको पार्टी पुनर्गठन अभियान, प्रदेशस्तरीय बैठक आजदेखि
-
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण



