उपमेयरका उम्मेदवार काँग्रेसबाट निष्कासित
बुधबार, २१ वैशाख २०७९, १३ : ५२
सल्यानको वनगाड कुपिण्डे नगरपालिकामा उपमेयरको उम्मेदवार बनेका नेपाली काँग्रेसका निवर्तमान सदस्य दीपेन्द्र विष्टलाई पार्टीबाट निष्कासन गरिएको छ । सल्यान काँग्रेसले उनलाई पार्टीको नीति, विधि विपरीत गतिविधि गरेको भन्दै कारबाही गरेको हो ।
काँग्रेस अनुशासन समितिका संयोजक सन्तोष केसीले पार्टीका आधिकारी उम्मेदवारका विरुद्ध विष्टले उपमेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेको बताए । उनले भने,‘पार्टी विरुद्ध लागेको हुँदा विष्ट सहित उनका समर्थक मानिने चन्द्रबहादुर बुढा र प्रस्तावक शंकर बुढाथोकीलाई काँग्रेसको विधान २०१७ (संशोधन सहित) निष्कासन गरिएको हो ।’ तीनै जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको काँग्रेसले बताएको छ । विष्टको समूहले नेकपा एमालेसँग तालमेल गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण