गठबन्धनमा तालमेल नमिलेपछि नेकपा एकीकृत समाजवादीको गाउँ कमिटी नै एमालेमा प्रवेश
दैलेखको ठाटीकाँध गाउँपालिकामा नेकपा एकीकृत समाजवादीको गाउँ कमिटी नै एमालेमा प्रवेश गरेको छ । सत्तारुढ गठबन्धनमा स्थानीय तहको निर्वाचनमा उम्मेदवारी सम्बन्धी भागवण्डा नमिलेपछि नेकपा एकीकृत समाजवादीको गाउँ कमिटी एमालेमा प्रवेश गरेको हो ।
प्रदेशस्तरीय गठबन्धनको निर्णय अनुसार ठाटीकाँध गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र, उपाध्यक्षमा काँग्रेस र वडाहरूमा नेकपा एकीकृत समाजवादीलाई समेत भाग मिलाएको थियो । तर काँग्रेस र माओवादी केन्द्र एक्लाएक्लै चुनावी मैदानमा होमिएपछि नेकपा एकीकृत समाजवादीको गाउँ कमिटी एमालेमा सामेल भएको हो ।
नेकपा एकीकृत समाजवादीका तर्फबाट बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘ठाटीकाँध गाउँपालिकाको समृद्धि, उन्नति, प्रगति र नमूना गाउँपालिका निर्माणका लागि तथा भावी पुस्ताको सुन्दर भविष्यका लागि पार्टी एकताको विकल्प छैन ।’
स्थानीय तह निर्वाचन अन्तर्गत समाजवादी पार्टीबाट उम्मेदवारी दिएका उम्मेदवारहरूको उम्मेदवारी निस्किृय रहने र नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएका उम्मेदवारलाई विजयी गराउने गरी नेकपा एकीकृत समाजवादी पार्टीको ठाटीकाँध गाउँपालिका कमिटी एमालेको नगर कमिटीमा एकतासहित समाहित भएको विज्ञप्तिमा जनाइएको छ ।
पार्टी प्रवेश कार्यक्रममा एमाले निकट प्रधानाध्यापकले समाजवादी निकट शिक्षकलाई स्वागत गरेका छन् । श्री कृष्ण माध्यामिक विद्यालयकी प्रधानाध्यापक इला मल्ल शाही एमालेकी कार्यकर्ता हुन् । उनी ठाटीकाँध गाउँपालिकाका वर्तमान अध्यक्ष धीरबहादुर शाहीकी श्रीमती हुन् ।
पार्टी प्रवेश कार्यक्रममा प्रधानाध्यापक मल्लले सोही विद्यालयका समाजवादी निकट मानिने शिक्षक दिलबहादुर रावतलाई स्वागत गरेकी हुन् । पार्टी प्रवेश कार्यक्रममा एमाले केन्द्रीय सदस्य राजबहादुर बुढा, कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाह, एमाले नेताहरु सूर्यबहादुर शाही, धीरबहादुर शाही, एमालेको तर्फबाट ठाटीकाँध गाउँपालिकाको अध्यक्षको उम्मेदवार लक्ष्मीदेवी शाह लगायत उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
-
देशभर वर्षा: विशेष सतर्कता अपनाउन आग्रह
-
कतारका पूर्व अमिरको निधनमा भारतमा एक दिने राष्ट्रिय शोक घोषणा
-
सम्झौता हुन लागेकै बेला इरानले आक्रमण गर्यो: राष्ट्रपति ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण