शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चितवनमा सत्ता गठबन्धनको चुनावी आमसभा (तस्बिरहरु)

बिहीबार, २२ वैशाख २०७९, १५ : ४६
बिहीबार, २२ वैशाख २०७९

सत्ता गठबन्धनले चितवनको भरतपुर महानगरपालिकामा चुनावी आमसभा गरेको छ । बिहीबार मध्यान्ह १२ बजेबाट सुरु भएको संयुक्त आमसभामा गठबन्धनका शीर्ष नेताले सम्बोधन गरिरहेका छन् ।

सभालाई प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताले सम्बोधन गर्ने छन् । चितवनका सबै पालिकामा गठबन्धन चुनावी तालमेल गरी प्रतिस्पर्धामा उत्रिएको छ । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन् ।  

 फोटो : प्रचण्डको सचिवालय 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप