अन्तिमसम्म जगन्नाथले विचार गर्नुभएन भने पनि मेरो कुनै विद्वेष हुनेछैन : प्रचण्ड
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा बागी उठेका जगन्नाथ पौडेलले अन्तिम समयसम्म बिचार गर्ने विश्वास लिएको बताएका छन् । बिहीबार चितवनको भरतपुरमा भएको ५ दलीय गठबन्धन दलको सभालाई सम्बोधन गर्दै प्रचण्डले जगन्नाथले अन्तिम समयसम्म विचार नगरे पनि आफ्नो चित्त दुखाई नहुने बताए ।
उनले भने–‘मलाई विश्वास छ, अन्तिमसम्म उहाँहरूले बिचार गर्नुहुनेछ । विचार गर्नुभएन भने पनि जगन्नाथसँग मेरो कुनै विद्वेष हुनेछैन । उहाँको अधिकार हो । उहाँको लोकतान्त्रिक अधिकार हो उहाँले आफ्नो अधिकार प्रयोग गर्न सक्नुहुन्छ । तर गठबन्धन र नेपाली जनताले पनि आफ्नो अधिकार प्रयोग गर्छ । चितवनका परिवर्तनकारी, क्रान्तिकारी जनताले पनि आफ्नो अधिकार प्रयोग गर्छन् । जनताले गरेको फैसला सर्वस्वीकार्य हुनेछ ।’
उनले यति बेला दुनियाँभरका शक्तिले भरतपुरमा ध्यान दिएको बताउँदै प्रचण्डलाई ठेगान लगाउने यही बेला हो भनेर देशी विदेशी शक्ति लागेको बताए । आफूलाई ठेगान लगाए अहिले आएको परिवर्तन उल्टाउन सकिने उनीहरूको विश्वास रहेको र त्यसलाई सफल हुन नदिन आग्रह गरे । उनले केपी ओलीले स्वतन्त्र उम्मेदवारलाई अडिनुस् नछोड्नुस, हाम्रो भोट पनि खनाइदिउँला भनेको उल्लेख गर्दै सो कुरामा भर नपर्न आग्रह गरे । उनले फेरी एमालेसँग गठबन्धन गर्नतिर लागेर फेरि अर्को गल्ती नगर्ने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलाकालिका मन्दिर : पूजाआजासँगै शारीरिक व्यायाम गर्ने भक्तजनको घुइँचो
-
फिल्म ‘आशा’ निर्माण घोषणा, मुख्य भूमिकामा महेश र अञ्जना
-
सडक–पुल अलपत्र, डीपीआर र वातावरणीय अध्ययनमा करोडौं बजेट !
-
कर्णाली नदीको डङ्डगे क्षेत्रमा भेटिएको शव साङ्गेतडा दुर्घटनाकी सिर्जनाको, अझै दुईको अवस्था अज्ञात
-
हात्ती पीडित बोटे परिवारलाई राहत
-
राससले देशैभर माग्यो पत्रकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण