मेलम्चीको पानी वर्षायाम सुरु भएसँगै रोकिने
काठमाडौँ उपत्यकामा दुई सातादेखि पुनः वितरण सुरु भएको मेलम्चीको पानी वर्षायाम सुरुसँगै रोकिने भएको छ ।मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले मनसुन सक्रिय भएसँगै आउन सक्ने बाढीपहिरोले आयोजनाको मुख्य सुरुङलगायतका संरचनामा क्षति नपुगोस् भन्ने उद्देश्यले पूर्वसावधानीपूर्वक पानीको वितरण कार्य रोकिने जानकारी दिए ।उनले कहिलेदेखि कहिलेसम्म मनसुन सक्रिय हुनेबारे मौसम पूर्वानुमान महाशाखा तथा मौसमविद्हरूसँग छलफल गरेर पानीको वितरण कार्य रोकिने बताए ।
गत वर्ष असार १ गते नै मेलम्ची खोलामा आएको बाढीपहिरोले आयोजनाको हेडवक्र्सलगायतको संंरचनामा ठूलो क्षति पुगेको स्मरण गर्दै उनले यो वर्ष आयोजनाले थप सतर्कता अपनाउन खोजेको स्पष्ट पारे । उनले भने, “अहिले अस्थायी संरचनाबाट परीक्षणका रूपमा मेलम्चीको पानी काठमाडौँ पठाइएको हो । पुनः बाढीपहिरो आयो भने सुरुङहरू पुरिन सक्छन् । बीस वर्षको लगानी स्वाहा हुन सक्छ । त्यसैले पानीको वितरण रोकिन लागिएको हो ।” आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जको क्यासिनोमा नेपालीलाई पूर्ण रोक लगाउन सांसद पन्तको माग
-
बालोगुनमाथिको प्रतिबन्ध स्थगित गर्ने फिफाको निर्णयप्रति युईएफएको कडा आपत्ति
-
तस्बिरमा हेर्नुहोस् एनपीएल अक्सन
-
माउन्ट एल्ब्रसको शिखरमा नेपाली स्पेशालिटी कफी, दाबुटी शेर्पाले गरिन् विश्वसामु प्रवर्द्धन
-
आगामी आर्थिक वर्षभित्र नेपाललाई सडक बालबालिका मुक्त देश बनाउने मन्त्री वादीको घोषणा
-
प्रतिशतमा घटे पनि शिक्षा र खेलकुदको बजेट गत वर्षभन्दा ७ अर्ब बढी : मन्त्री पोखरेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण