निर्वाचन सुरक्षाका लागि मुगुमा एक हजार १६५ सुरक्षाकर्मी परिचालन
हिमाली जिल्ला मुगुमा स्थानीय तह निर्वाचन सुरक्षाका लागि १ हजार १६५ सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै आवश्यक सुरक्षाकर्मी परिचालन गरेको हो ।
निर्वाचन सुरक्षाका लागि २ सय ९८ जना नेपाल प्रहरी, २ सय ५० जना नेपाली सेना, १ सय ६० जना सशस्त्र प्रहरी र ४ सय ५७ जना म्यादी प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक सुवास हमालले बताए ।
निर्वाचन गतिविधि सुरु भएको क्षेत्रमा आवश्यक सुरक्षाको जनशक्ति खटिइ सकिएको र निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाली सेना रहनेछ । निर्वाचनको सुरक्षा चुनौती आँकलन गर्दै चारैवटा सुरक्षा निकायले आ–आफ्नो तयारी तीव्र पारेका छन् ।
निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गराउन एकीकृत तथा छुट्टाछुट्टै रणनीतिक सुरक्षा योजना निर्माण गरी संयन्त्र परिचालन भएको छ । त्यसैले सुरक्षा संयन्त्रले विगतका अनुभव र वर्तमान अवस्थाको आधारलाई समेत विश्लेषण गरेर सुरक्षा रणनीति निर्माण गरेको छ ।
नेपाली सेनाको श्री बक्स गुल्मका मेजर झलक लामाका अनुसार मुगुका ४ वटै स्थानीय तहमा नेपाली सेना परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण