मतदान र गणनामा त्रिपालको व्यवस्था गर्न निर्वाचन आयोगको निर्देशन
निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई वर्षाले प्रभावित पार्न नसक्ने व्यवस्थापनका लागि स्थानीय तहहरूलाई निर्देशन दिएको छ ।
मौसमविद्हरुले हाल नेपालमा स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बङ्गालसम्म बनेको न्यून चापीय प्रणालीका साथै पश्चिमी वायुको संयुक्त प्रभाव रहेको र त्यसले वैशाख ३० गतेको निर्वाचनका दिन पानी पर्ने सम्भावना रहेकोले निर्वाचन केन्द्र, मतपेटिका र गणनाको सुरक्षाका लागि आयोगलाई सुझाव दिएको थियो । आयोगले मतदान हुने सबै मतदान केन्द्रहरुमा वर्षातको पानीबाट मतदान कार्य र सो पश्चात मतगणना कार्य प्रभावित नहुनेगरी जोगाउने व्यवस्थाका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै स्थानीय तहहरूलाई निर्देशन दिएको जनाएको छ ।
त्यसका साथै आवश्यक समन्वय एवं सहजीकरणका लागि गृह मन्त्रालय मार्फत सबै प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन गर्ने निर्णय गरिएको आयोगले जनाएको छ । त्यसका लागि पाल, त्रिपाल वा प्लास्टिकको व्यवस्था गर्न सबै स्थानीय तहहरुले सम्बन्धित निर्वाचन अधिकृत, मतदान अधिकृत र प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी आवश्यक व्यवस्था मिलाउन आयोगले निर्देशन दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण