शनिबार र आइतबारलगत्तै सार्वजनिक बिदा परेपनि स्वास्थ्य संस्थाहरु बन्द नहुने
सरकारले अस्पताल तथा स्वास्थ्य संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय राजपत्रमा प्रकाशित गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार शनिबार र आइतबार लगातार बिदापछि पनि अर्को सार्वजनिक सार्वजनिक बिदा परेको खण्डमा सो दिन स्वास्थ्य संस्था तथा अस्पतालहरू बन्द नरहने उल्लेख गरिएको छ ।
सरकारले परीक्षणका रुपमा वि.स २०७९ साल जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन विदा दिने निर्णय गरेको थियो । राजपत्रमा प्रकाशित सूचनामा सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९:३० देखि अपरान्ह ५:३० बजेसम्म निर्धारण गर्ने उल्लेख गरिएको छ ।
यस्तै, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९:३० बजेदेखि अपरान्ह ४:३० बजेसम्म कार्यालयको समय रहने उल्लेख गरिएको छ । यस्तै २०७९ सालको लागि निर्धारण गरिएको दशै र तिहारका सार्वजनिक विदा बाहेक अन्य विदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल र स्वास्थ्य चौकी, रोपवे, टेलिफोन,प्रहरी, विद्युत खानेपानी अध्यागमन, वारुयन्त्र, टक्सार, जिल्ला प्रशासन, बैकिङ्क सेवा,आन्तरिक राजश्व, मालपोत लगाएका तेस्रो दिनदेखि गृह मन्त्रालयले विदा निर्धारण गरेअनुसार सेवा प्रवाहको व्यवस्था गर्नुपर्ने भएको छ ।
यस्तै, सार्वजनिक विदाको दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा विदा दिने गरी सम्बन्धित निकायले कर्मचारी व्यवस्थापन गर्ने उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित गरे
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण