जेठ १ गतेदेखि बैंकहरू शनिबार र आइतबार दुई दिन बन्द हुने
बुधबार, २८ वैशाख २०७९, १५ : ११
आगामी जेठ १ गतेदेखि बैंकहरू पनि सातामा दुई दिन बन्द हुने भएका छन् । यसअघिको सरकारी निर्णय सातामा दुई दिन, शनिबार र आइतबार विदा दिने निर्णय भएसँगै बैंकहरू पनि सो दिन बन्द हुने भएका हुन् ।
बुधबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले सरकारी निर्णय बमोजिम वित्तीय क्षेत्र पनि दुई दिन बन्द गरिने निर्णय भएको र सोही निर्णय बमोजिम कार्य गर्न तथा गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो । तर, कार्यालय खुल्ला हुने दिन सोमबारदेखि शुक्रबारसम्म पाँच दिन भने बिहान ९:३० देखि ४:०० बजेसम्म नै बैंक खुल्ला राख्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।
कात्तिक १६ देखि माघ १५ गतेसम्म भने यस्तो कार्यालय समय ९:३० बजेदेखि ३:३० बजेसम्म मात्र कायम हुने बैंकले जनाएको छ । यता अन्य कार्यालयहरु भने विहान ९:३० बजेदेखि ५:३० बजेसम्म खुल्ला राख्नुपर्ने सरकारी व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण