आयोगले मतदान अधिकृतहरूलाई पठायो वैशाख ३० गते पानी पर्ने सूचना
निर्वाचन आयोगले यही वैशाख ३० गते मतदानका दिन पानी पर्नेबारे सबै निर्वाचन अधिकृतलाई सूचना पठाएको छ । जल तथा मौसम विज्ञान विभागले दिएको सूचनाका आधारमा पानी पर्ने भएकोले सोही अनुसार व्यवस्थापन गर्न सबै अधिकृतहरूलाई निर्देशन दिइएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
उनले भने–‘मौसमविद्हरुले चुनाव हुने दिन पानी पर्छ भनेका कारण त्यस कुरालाई आयोगले तुरुन्तै मध्यनजर गर्दै सबै मतदान अधिकृतहरूलाई सूचना पठाइसकिएको छ । सोही अनुसार मतदान केन्द्र निर्माणका लागि हामीले नगद रकम पनि पठाएका छौँ । त्यही रकमबाट उहाँहरुले त्रिपाल तथा पाल खरिद गर्नुहुनेछ । कतिपय विद्यालय वा सार्वजनिक भवनको छानामुनी मतदान केन्द्र निर्धारण गर्न भनेका छौँ ।’
कम्तिमा निर्वाचन सामग्री सुरक्षित हुने र मताधिकार रक्षा हुने तरिकाले व्यवस्था गर्न निर्देशन दिइएको उनले बताए । यस्तै दुर्गम स्थानबाट मतपेटिका ढुवानीको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालयलाई जिम्मेवारी दिएको अर्यालले बताए । अति विकट क्षेत्रको मतपेटिका हवाई माध्यमबाट र यातायात पुगेको ठाउँमा सवारी साधनामा कति सुरक्षाकर्मी चाहिन्छ सोही अनुसार व्यवस्था गरेर सुरक्षित रुपमा मतपेटिका मतगणना स्थलमा पु¥याउन स्थानीय प्रशासनलाई जिम्मेवारी दिइएको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण