निर्वाचन आयोगले सोध्यो प्रचण्डलाई ८ घण्टे स्पष्टीकरण, मौन अवधिमा भोट मागेको आरोप
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई निर्वाचन आयोगले ८ घण्टे स्पष्टीकरण सोधेको छ ।
आयोगले बिहीबार प्रचण्डले मौन अवधिमा चितवनका भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट उम्मेदवार रहेकाहरुको पक्षमा मत मागेको भन्दै ८ घण्टे स्पष्टीकरण सोधेको हो। ‘यहाँबाट निर्वाचन आचारसंहिताको उल्लङ्घन भएको अवस्थामा यहाँको नाम निर्वाचन आचारसंहिताको उल्लङ्घनकर्ताको रुपमा किन सार्वजनिक गर्नु नपर्ने हो निर्वाचन आचारसंहिता विपरित हुनेगरी मौन अवधिमा राजनीतिक गतिविधि र निर्वाचन प्रचारप्रसार गरी निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकोमा यहाँलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (२) र उपदफा (३) बमोजिम किन कारवाही गर्नु नपर्ने हो ? यो पत्र प्राप्त भएको समयले आठ घण्टाभित्र आयोगमा प्राप्त हुने गरी लिखित जवाफ पेश गर्नुहुन निर्णयानुसार अनुरोध छ’ आयोगले पठाएको स्पष्टीकरणमा भनिएको छ ।
बिहीबार विहान माडी नगरपालिका वडा नम्बर ५ मा रहेको होटल प्याराडाइजमा गठबन्धनका उम्मेदवार र कार्यकर्ताहरुसहित करिब ३० जना व्यक्तिहरुसँग भेटघाट गरेको उजुरी प्रचण्डमाथि गरेको थियो । यस्तै भरतपुर महानगरपालिका वडा नम्बर २६ चनौली र दिव्यनगरमा कार्यकर्ता भेटघाट गरी स्थानीय तह निर्वाचनमा गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकामा उम्मेदवार रहेका व्यक्तिको पक्षमा मत मागेको पनि आयोगले जनाएको छ । यसबारे जानकारी आयोगबाट खटिएको विशेष अनुगमन टोली, सुक्ष्म अनुगमन टोली र सुरक्षा निकाय समेतबाट प्राप्त हुन आएको आयोगको भनाइ छ।
मौन अवधिमा प्रचण्डबाट निर्वाचन आचारसंहिता, २०७८ को दफा १६ को खण्ड (क) र खण्ड (ग) मा उल्लिखित ‘मौन अवधिमा पालना गर्नुपर्ने आचरणको’ उल्लङ्घन भएको आयोगको ठहर छ । सोही प्रकरणमा आयोगले बागमती प्रदेश प्रहरी प्रमुख पूजा सिंह, चितवनमा प्रहरी प्रमुख नवराज अधिकारीलाई पनि स्पष्टीकरण सोधेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण