हाम्रो आकाशगंगामा रहेको ‘ब्ल्याक होल’को पहिलो तस्बिर सार्वजनिक
शुक्रबार, ३० वैशाख २०७९, १२ : ०३
हाम्रो आकाशगंगाको मध्य भागमा रहेको ब्ल्याक होलको पहिलो तस्बिर सार्वजनिक भएको छ । साजिटेरियस ए नाम दिइएको यस ब्ल्याक होलको द्रव्यमान सूर्यभन्दा ४० लाख गुणा बढी रहेको बताइएको छ ।
तस्बिरमा ब्ल्याक होलको केन्द्रमा कालो भाग र त्यसको आसपासमा गुरुत्वाकर्षण शक्तिका कारण सिर्जित निकै तातो ग्यासको प्रकाश देख्न सकिन्छ । त्यसको आधार बुध ग्रहको कक्षजत्रो रहेको वैज्ञानिकहरूको भनाई छ । जुन ६ करोड किलोमिटर लामो हुन आउँछ ।
हाम्रो पृथ्वीभन्दा यो ब्ल्याक होल २६ हजार प्रकाश वर्ष टाढा रहेकाले हामीलाई यसबाट कुनै खतरा भने छैन । यो तस्बिरलाई इभेन्ट होराइजन टेलिस्कोप कोलाबोरेसन नामक अन्तर्राष्ट्रिय टोलीले कैद गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण