निर्वाचन आयोगले सोध्यो बाबुरामलाई २४ घण्टे स्पष्टीकरण
निर्वाचन आयोगले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। भट्टराईले आफूले मतदान गरेको मतपत्र सार्वजनिक गरेपछि आयोगले स्पष्टीकरण सोधेको हो।
भट्टराईसहित गोरखाको पालुङटार नगरपालिकाका निर्वाचन अधिकृतलाई समेत स्पष्टीकरण सोधेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए। ‘मतपत्र गोप्य हुन्छ। गणना निष्पक्ष र स्वतन्त्र हुन्छ भन्ने कानुनी व्यवस्था छ। बाबुराम भट्टराईज्यूले मतपत्र सार्वजनिक गर्नु भयो,’ रातोपाटीसँग कुरा गर्दै थपलियाले भने, ‘उहाँ(बाबुराम भट्टराई)लाई २४ घण्टे स्पष्टीकरण सोधेका छौँ। उहाँको मतपत्र खिच्ने मोबाइल क्यामेरा भित्र कसले लग्न दियो? निर्वाचन अधिकृतले किन रोक्ने काम गरेनन् भनेर उहाँलाई समेत स्पष्टीकरण सोधेका छौँ ।’
आयोग कानुनको पालना मात्र गर्ने निकाय भएकाले आचारसंहिता कडाइका साथ पालना गरिएको थपलियाले बताए। शुक्रबार बाबुरामले मतदान गरेलगत्तै सामाजिक सञ्जाल मार्फत मतपत्र सार्वजनिक गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण