बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

देशभर ५५ प्रतिशतको हाराहारीमा मत खस्यो

शुक्रबार, ३० वैशाख २०७९, १६ : ३१
शुक्रबार, ३० वैशाख २०७९

स्थानीय तह निर्वाचन अन्तरगत देशभर ५५ प्रतिशतको हाराहारीमा मत खसेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले साढे ४ बजेसम्म ५५ प्रतिशतको हाराहारीमा मत खसेको जानकारी दिए । 

उनका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । आयोगका अनुसार कपिलवस्तुको महाराजगञ्ज नगरपालिका र दाङको तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर १७ बाहेकका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान भइरहेको हो।  

छिटफुट घटना बाहेक शान्तिपूर्ण तथा उत्साहजनक रुपमा मतदान भइरहेको आयोगका प्रवक्ता पौडेलले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप