आयोगको ६ बजे पत्रकार सम्मेलन, ६५ प्रतिशत मत खसेको अनुमान
शुक्रबार, ३० वैशाख २०७९, १७ : २७
निर्वाचन आयोगको प्रारम्भिक तथ्यांक अनुसार देशैभर ६५ प्रतिशत मत खसेको छ। शुक्रबार ७५३ स्थानीय तहमा भएको निर्वाचनमा आयोगले ६५ प्रतिशत मत खसेको हुन सक्ने बताएको छ।
देशैभर खसेको मतको तथ्यांक संकलन गर्ने कार्य भइरहेकाले त्योभन्दा बढी पनि हुन सक्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। ‘अहिलेसम्मको प्रारम्भिक अनुमान देशैभर ६५ प्रतिशत मत खास्यो कि भन्ने छ। कतै मतदान हुन बाँकी छ त्यो हुँदा बढ्न पनि सक्छ’ रातोपाटीसँग कुरा गर्दै अर्यालले भने,‘दशैभर तथ्यांक लिनेक्रम जारी छ। सबै तथ्यांक आएपछि विस्तृत जानकारी बेलुका ६ बजेको पत्रकार सम्मेलनमा दिने छौ।’ यसअघिको निर्वाचन जति मत खस्ने अनुमान गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको अध्यक्षमा शाह
-
महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग
-
विभिन्न दस्ताबेज पारित गर्दै एकीकृत समाजवादीको बैठक सम्पन्न
-
बागमती विश्वविद्यालयको संरक्षक समितिमा दुई सदस्य नियुक्त
-
युवा संघ नेपालले १५ बुँदा माग राख्दै बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
-
अवस्था ठिक नभएका सवारी साधन चलाउने ५३ जना चालक कारबाहीमा