दैलेखको महावु –१ र जाजरकोटको बारेकोट–९ मा एमालेका उम्मेदवार विजयी
दैलेखको जिल्लाको महावु गाउँपालिका– १ र जाजरकोटको बारेकोट गाउँपालिका–९ मा नेकपा एमालेका उम्मेदवारहरूको प्यानल नै विजयी भएका छन् । महावु–१ मा एमालेका सर्वराज सार्की विजयी भएका हुन् ।
उनले ६९२ मत ल्याएर वडाध्यक्षमा विजयी भएका हुन । वडाध्यक्ष पदका उम्मेदवार नेपाली काँग्रेसका सूर्यराम सावदले ६३६, नेकपा माओवादी केन्द्रका दलबहादुर सुनारले ४४ र राप्रपाका गगनबहादुर थापाले ११ मत ल्याएर पराजित भएका छन् । खुला वडासदस्यमा एमालेका जयबहादुर गुरुङले ७२३, बलबहादुर बयकले ७०९ मत ल्याएर विजयी भएका छन् । यस्तै, महिला सदस्यमा एमालेका सरस्वती रोकाय ७२५ र दलित महिला सदस्यमा एमालेकै हरिकला सुनारले ७१४ मत ल्याएर विजयी भएका छन् । अध्यक्ष पदमा भने नेकपा एमालेले अग्रता लिएको छ । एमालेले ७३०, काँग्रेसले ३५३ मत ल्याएको छ । उपाध्यक्षमा एमाले ७०४ र काँग्रेस ५७६ मत ल्याएको छ ।
बारेकोट–९ मा गठबन्धनलाई पछाडि पार्दै एमालेका दानबहादुर शाहीले ३७७ मत प्राप्त गरेर विजयी भएका छन् । शाहीका प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवार कर्णबहादुर महताराले २६२ मत ल्याएका छन् । पालिका अध्यक्षमा अहिलेसम्म एमालेका बीरबहादुर गिरीले ३३२ मत प्राप्त गरेका छन् भने गठबन्धन साझा उम्मेदवार महेन्द्रबहादुर शाहले ३०८ मत प्राप्त गरेका छन् । यस्तै, उपाध्यक्षमा एमालेकी गीताकुमारी सिंहले ३३५ र काँग्रेस नरबहादुर गिरीले २७३ मत प्राप्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण