हुम्लामा गठबन्धन र एमालेका कार्यकर्ताबीच झडप, तीन जना घाइते
शनिबार, ३१ वैशाख २०७९, १९ : १९
हुम्लाको खार्पुनाथ गाउँपालिकाको पालिका केन्द्र याङचुमा मतगणनाको क्रममा झडप हुँदा तीन जना घाइते भएका छन् ।
मतगणना स्थलमा गएका एमालेका कार्यकर्तामाथि गठबन्धनका कार्यकर्ताले ढुंगामुढा गरेका हुन् । आक्रोशित गठबन्धनका कार्यकर्ताले गरेको आक्रमणमा परी ६१ वर्षीय छत्र शाही, अन्दाजी ४५ वर्षीय मन्दिर ऐडी र उनका छोरा घाइते भएका छन् ।
६१ वर्षीय शाही र ४५ वर्षीय ऐडीको उपचार भइरहेको छ । ऐडीका छोराको टाउकोमा गम्भीर चोट लागेको छ । घाइते तीन जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी जिल्ला अस्पताल लगिएको बराह दल गुल्म रानीवनका गुल्मपति गणेश खड्काले बताए ।
हुम्लाका विभिन्न स्थानमा झडप भएको छ । सर्केगाड गाउँपालिका दुल्लुमा समेत झडप हुँदा घाइते भएकाहरूलाई अहिले हेलिकोप्टरबाट उद्धार गरी जिल्ला अस्पताल लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण