साराको डेब्यूमा सेफको यस्तो बयान, भड्किइन् पूर्व श्रीमती अमृता
बलिउडका चर्चित सेलिब्रिटीका छोराछोरी चाँडै नै भारतीय सिने जगतमा प्रवेश गर्दैछन् जसमा सारा अली खानको नाम सबैभन्दा शीर्ष स्थानमा छ । उनी चाँडै नै अभिषेक कपूरको फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गर्दैछिन् । तर उनको यो कदमले सायद उनका बुवा सेफ अली खान खुसी छैनन् ।
केही समय अघिको एक अन्तर्वार्तामा सेफले उनी आफ्नी छोरीलाई निकै माया गर्ने र उनले चाँडै नै बलिउडमा प्रवेश गर्ने कुरामा खुसी भएको बताएका थिए । उनले भनेका थिए, ‘हामी सबै कलाकारको खानदानसँग सम्बन्धित छौं र साराभित्र पनि यस्तो गुण हुनु स्वभाविक हो । तर म उनको विषयमा धेरै नै चिन्तित छु किनभने अभिनय टिकाउ करियर होइन । किनभने म उनलाई प्रेम गर्दछु यसकारण म उनीबारे चिन्तित छु । यसबारे म थप केही भन्न सक्दिनँ ।’
सेफको यो कुरा सुनेर उनकी पूर्व श्रीमती अमृता सिंह भड्किएकी छिन् र भारतको एक अनलाइनमा प्रकाशित रिपोर्ट अनुसार अमृताले सैफलाई गैर जिम्मेवारी कुरा गरेको आरोप लगाएकी छिन् । यस्तै भित्रि स्रोतलाई हवाला दिँदै उक्त अनलाइनले सेफले यो मुद्दालाई लम्ब्याउन नचाहेकाले अमृताको कुराको केही पनि जवाफ नदिएको बताएको छ ।
स्मरण रहोस्, पछिल्लो समयमा श्रीदेवीले पनि आफ्नी छोरी जान्ह्वीको बलिउड डेब्यूबारे पनि यस्तै तनाब जताएकी थिइन् । उनको भनाई अनुसार उनी आफ्नी छोरीको बलिउड करियरको विरुद्ध छैनन् तर छोरीले चाँडै नै विवाह गरेर सेटल होस् भन्ने उनको चाहना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण