एमालेसहित तीन दल मिल्दा पनि आठबीसकोटमा माओवादी विजयी
रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा एमाले, एकीकृत समाजवादी र काँग्रेसको तीन दलीय गठबन्धनलाई पराजित गरेर नेकपा माओवादी केन्द्रका रवि केसीले प्रमुखमा जितेका छन् । उनले नेपाली काँग्रेसका धीरेन्द्र कुमार बटालालाई ८४ मतान्तरले पराजित गरेका हुन् । केसीले उनले ७ हजार ३९९ मत ल्याएर प्रमुखमा निर्वाचित हुँदा बटालाले ६ हजार ६१५ मत प्राप्त गरे ।
यहाँ एमालेका कृष्णाकुमारी मल्लले १९९ मत पाएकी छन् । यस्तै उपप्रमुखमा पनि माओवादी केन्द्र नै विजयी भएको छ । माओवादी केन्द्रकी धनकुमारी शाहीले ७ हजार २६५ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दिनेश चन्दले ६ हजार २६८ मत पाए । १४ वटा वडा तह रहेको यो पालिकामा १० वटा वडामा माओवादीले जितेको छ भने तीन वटामा चार दलीय गठबन्धनले जितेको छ।
०७४ मा यो पालिकामा माओवादी केन्द्रका गोर्खबहादुर केसीले ५ हजार ४८९ मत ल्याएर निर्वाचित बनेका थिए भने उपप्रमुखका माओवादी केन्द्रकै गीता नेपालीले ५ हजार ६१८ मत ल्याएर निर्वाचित बनेकी थिइन् । १४ वटा वडा रहेको यहाँ एमालेले १, काँग्रेसले २ र माओवादीले ११ वटा वडामा आफ्नो वर्चश्व जमाएको थियो। सोही वर्चश्व यो पटक पनि माओवादीले कायम राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
-
इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल
-
३६औँ मिनेटमा आन्द्रेयास सेल्डरपको गोल, इङ्गल्याण्डविरुद्ध नर्वे १–० ले अगाडि
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण