आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल

आइतबार, २८ असार २०८३, ०३ : ३५
आइतबार, २८ असार २०८३

काठमाडााैँ । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल खेलको पहिलो हाफको थप गरिएको (इन्जुरी) समयमा गोल गर्दै इङ्गल्याण्डले नर्वेविरुद्ध खेललाई १–१ को बराबरीमा ल्याएको छ । खेलको ४५+२ औँ मिनेटमा इङ्गल्याण्डका १० नम्बर जर्सीका मिडफिल्डर जुड बेलिङ्घमले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएका हुन् ।

यसअघि खेलको ३६औँ मिनेटमा आन्द्रेयास सेल्डरपको गोलमार्फत नर्वेले १–० को सुरुवाती अग्रता बनाएको थियो। बेलिङ्घमको यो गोलसँगै दुवै टोली पहिलो हाफको समाप्तिसम्म १–१ गोलको बराबरीको स्थितिमा पुगेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप