कोभिड–१९ बाट दस लाख नागरिक गुमाउने पहिलो मुलुक बन्यो अमेरिका
बुधबार, ०४ जेठ २०७९, १८ : ४४
एजेन्सी । अमेरिकामा कोभिड–१९ बाट मर्नेको सङ्ख्या दस लाख नाघेको छ। कोभिड–१९ ले सबैभन्दा नराम्ररी प्रभावित मुलुकमध्ये एक अमेरिका यस महामारीमा १० लाख मृतक पुग्ने पहिलो मुलुक बनेको छ।
जोन होप्किन्स युनिर्भसिटीको तथ्याङ्क अनुसार मंगलबार अमेरिकाको मृतकको सङ्ख्या दस लाख पुगेको हो । यो तथ्याङ्कले कोभिड–१९ को भयावह स्थितिलाई उजागर गर्छ। गत साता, अमेरिकी राष्ट्रपति जो बाइडेनले दस लाख मानिसको मृत्युको अर्थ ‘हरेक परिवारको डिनर टेबलमा एउटा कुर्सी खाली हुनु हो’ बताएका थिए। उनले त्यस अवसरमा ‘महामारी अन्त्य नभइसकेकोले’ अमेरिकीले अझै पनि भाइरसप्रति सतर्कता हुनुपर्ने बताएका थिए।
अल जजिराबाट
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
युक्रेन युद्धमा हताहतको संख्या २० लाख नाघ्यो
-
विमानस्थलबाट अमेरिका तस्करी हुन लागेको गहना सक्कली सुनचाँदीकै रहेको पुष्टि
-
सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ
-
पेटमा क्यान्सर हुनुभन्दा अघि देखिन्छ यी ५ लक्षण
-
२५ करोड प्रकरण : केन्द्रीय कारागारबाट भागेका कुसाङ लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण