सुर्खेतको वीरेन्द्रनगर एमाले विजयी
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुख/उपप्रमुख पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनलाई पराजित गर्दै प्रमुख पदमा एमालेका मोहनमाया ढकाल र उपप्रमुखमा नीलकण्ठ खनाल विजयी भएका हुन् ।
ढकालले गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार उपेन्द्रबहादुर खड्कालाई ५४४ मत अन्तरले पराजित गरेकी हुन् । ढकालले १६ हजार ३८ तथा उनका निकटतम प्रतिद्वन्द्वी खड्काले १५ हजार ४८४ मत प्राप्त गरे ।
उपप्रमुखमा विजयी खनालले २० हजार ३६४ र गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार शान्ति ढकालले ११ हजार ५३३ मत प्राप्त गरे। कूल १६ वडा रहेको वीरेन्द्रनगरमा ११ वडा एमाले र पाँच वडाको नेतृत्व काँग्रेसले पाएको छ । विसं २०७४ को निर्वाचनमा यहाँ प्रमुखमा काँग्रेस र उपप्रमुखमा एमाले विजयी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण