पत्रपत्रिका
गहुँ निकासीमा भारतको प्रतिबन्धले नेपाली मैदा मिलमा समस्या
शुक्रबार, ०६ जेठ २०७९, ०६ : १२
भारत सरकारले गहुँ निकासीमा प्रतिबन्ध लगाएसँगै नेपाली मैदा मिलमा समस्या देखिएको छ। मैदा मिल सञ्चालकहरूका अनुसार कच्चा पदार्थको अभावसँगै उपभोक्तालाई मूल्यवृद्धिको मार पर्ने तथा कतिपय मिल बन्द हुने जोखिम समेत उत्पन्न भएको छ।
मुलुकमा हाल ४३ वटा फ्लोर मिल (मैदा उद्योग सञ्चालनमा रहेका छन् । नेपाली मैदा उद्योगलाई आवश्यक पर्ने गहुँ स्वदेशमै उत्पादन नहुँदा आयातमा भर पर्नु परिरहेको अवस्था छ। प्रत्येक मैदा उद्योगलाई वार्षिक २ लाख ५० हजार क्विन्टल गहुँ आवश्यक पर्छ भने साना घरेलु मिलले खपत गर्ने गहुँको परिमाणबारे यकिन तथ्याङ्क छैन। नेपाल फ्लोर मिल्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष दिनेश कुमार अग्रवाल भारत सरकारको निर्णयले नेपाली मैदा उद्योगमाथि 'कालो बादल मडारिएको टिप्पणी गर्छन् । आजको कारोबार दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूल गार्हस्थ्य उत्पादनमा धानको योगदान दुई खर्ब, तर अझै आयातमै निर्भर नेपाल
-
पदभार ग्रहण गर्दै त्रिविका नवनियुक्त उपकुलपतिले भने– मलाई बाहिरबाट आएको नसम्झिदिनुहोला
-
रुसी आक्रमणमा किभमा सात जनाको मृत्यु
-
सडकमा एक्लै हिँडेकी युवतीलाई पुरुषले ‘गोप्य अङ्ग’ देखाएको घटनामा प्रहरीले थाल्यो अनुसन्धान
-
ओपेक प्लसले देशहरूले उत्पादन बढाउने, कच्चा तेलको मूल्य घट्यो
-
इरानका सर्वोच्च नेताद्वारा मोहसेनी–एजेई पुनः न्यायपालिका प्रमुखमा नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण