पत्रपत्रिका
विद्यार्थीका हातमा कहिलेसम्म पाठ्यपुस्तक पुग्छ ?
शनिबार, ०७ जेठ २०७९, ०६ : ०५
नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भए पनि विद्यार्थीका हातमा कहिलेसम्म पाठ्यपुस्तक पुग्छ भन्ने अझै निश्चित छैन । स्कुल गएको पहिलो दिन नै पुस्तक पाइसक्नुपर्नेमा अहिलेसम्म विद्यार्थी पुस्तकविहीन छन् । सरकारी र निजी दुवैतर्फबाट उहिल्यै छापिनुपर्ने पाठ्यपुस्तक अझै छापिएका छैनन् ।
पुस्तक छाप्ने बेलामा सरकारी निकाय जनक शिक्षा सामग्री केन्द्र स्थानीय तह निर्वाचनको मतपत्र छपाइमा व्यस्त रहेकाले यस्तो अवस्था आएको हो । त्यस्तै निजी प्रकाशकले पनि कागजको मूल्य बढेको भन्दै पाठ्यपुस्तक छाप्न आनाकानी गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समस्या समाधानका लागि प्रभावकारी कदम चाल्न सकेको छैन । यस्तो समस्या हरेक वर्ष दोहोरिँदै आएको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूल गार्हस्थ्य उत्पादनमा धानको योगदान दुई खर्ब, तर अझै आयातमै निर्भर नेपाल
-
पदभार ग्रहण गर्दै त्रिविका नवनियुक्त उपकुलपतिले भने– मलाई बाहिरबाट आएको नसम्झिदिनुहोला
-
रुसी आक्रमणमा किभमा सात जनाको मृत्यु
-
सडकमा एक्लै हिँडेकी युवतीलाई पुरुषले ‘गोप्य अङ्ग’ देखाएको घटनामा प्रहरीले थाल्यो अनुसन्धान
-
ओपेक प्लसले देशहरूले उत्पादन बढाउने, कच्चा तेलको मूल्य घट्यो
-
इरानका सर्वोच्च नेताद्वारा मोहसेनी–एजेई पुनः न्यायपालिका प्रमुखमा नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण