विपन्न बर्गको स्वास्थ्य बीमाको आधा रकम चन्द्रकोट गाउँपालिकाले बेहोर्ने
गुल्मीको चन्द्रकोट गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष युवराज खत्री क्षेत्रीले विपन्न परिवारको स्वास्थ्य बीमा रकमको ५० प्रतिशत रकम गाउँपालिकाले अनुदान दिने निर्णय गरेका छन् । शुक्रवार कार्यभार ग्रहण गर्दै अध्यक्ष खत्रीले पहिलो निर्णयका रुपमा यस्तो घोषणा गरेका हुन् ।
उनले स्वास्थ्य बीमा कार्यक्रम विशेषतः गरिब बिपन्न परिवारका लागि ठूलो राहत कार्यक्रम हुँदाहुँदै पनि आर्थिक अभावका कारण स्वास्थ्य बीमा गराउन नसकी निःशुल्क उपचार गराउन बन्चित भएको भन्दै बिपन्न बर्गको पहुँचमा पुराउन यस्तो निर्णय गरिएको बताए ।
त्यस्तै उनले पालिका भित्रका स्वास्थ्य संस्थामा प्रसुती हुन नसकी अन्यत्र लैजानु पर्ने गर्भवती महिलाका लागि तत्काल पालिकाले निःशुल्क उपलब्ध एम्बुलेन्स उपलब्ध गराउने दोश्रो निर्णय समेत गरेका छन् ।
उनले आफ्नो नेतृत्वमा रहेको स्थानिय सरकारले हर निर्णय र गतिविधि जनतालाई केन्द्रमा राखेर गरिने पनि प्रतिबद्धता जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण