रुपन्देहीका तीन पालिकाको नतिजा आउन बाँकी
आइतबार, ०८ जेठ २०७९, १५ : ०६
रुपन्देहीका तीन स्थानीय तहको नतिजा आउन बाँकी रहेको छ। १६ स्थानीय तह रहेको रुपन्देहीका १३ वटा पालिकाको मतपरिणाम आएको छ भने ३ वटा पालिकाको मतपरिणाम आउन नसकेको निर्वाचन कार्यालयले जनाएको छ ।
नतिजा नआएका पालिकामा तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र कोटहीमाई गाउँपालिकाको मतगणना जारी रहेको छ । मतपरिणाम आएका १३ पालिकामध्ये ८ वटामा नेपाली काँग्रेस, तीन वटामा नेकपा एमाले र एक एक पालिकामा जनता समाजवादी पार्टी र जनता प्रगतिशिल पार्टीले जित हासिल गरेका छन् ।
अहिले गणना भएकामध्ये तिलोत्तमा नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा काँग्रेसले लिड गरेको छ भने कोटहीमाई गाउँपालिकामा एमालेले लिड गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण