जुम्लामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना, तीन जना घाइते
आइतबार, ०८ जेठ २०७९, १५ : २७
जुम्लामा बिरामी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ । जिल्लाको कनकासुन्दरी गाउँपालिकाबाट बिरामी ल्याउँदै गरेको एम्बुलेन्स दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका ६ स्थित दाँते ओखरमा क १ झ १५ नम्बरको कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स आइतबार बिहान दुर्घटना भएको हो । प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्टका अनुसार दुर्घटनामा तीन जना सामान्य घाइते भएका छन् ।
कनकासुन्दरी ६ निवासी दलविरे ऐडी बिरामी भई सदरमुकाम ल्याइँदै गर्दा दुर्घटना भएको हो । प्रहरी निरीक्षक भट्टका अनुसार एम्बुलेन्स सडकबाट १५,२० मिटर तल एम्बुलेन्स खसेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डबिचको पहिलो हाफ १–१ काे बराबरीमा
-
इङ्गल्याण्डका जुड बेलिङ्घमले गरे बराबरी गोल
-
३६औँ मिनेटमा आन्द्रेयास सेल्डरपको गोल, इङ्गल्याण्डविरुद्ध नर्वे १–० ले अगाडि
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण