पत्रपत्रिका
अन्तर्घात गरेको भन्दै पूर्व नगरप्रमुखलाई कारबाही सिफारिस
सोमबार, ०९ जेठ २०७९, ०६ : ३६
चुनावमा अन्तर्घात गरेको भन्दै नेकपा माओवादी केन्द्र बागचौर नगर कमिटीले पूर्व नगरप्रमुख तथा प्रदेश कमिटी सदस्य लोकमान बुढाथोकीलाई कारबाहीका लागि प्रदेश कमिटीमा सिफारिस गरेको छ।
गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार हराउन अन्तर्घात गरेको भन्दै कारवाहीका लागि जिल्ला समन्वय समितिमार्फत सिफारिस गरेको हो। नगर कमिटी अध्यक्ष शोभाराम भण्डारीले पार्टीले अघि सारेका उम्मेदवार हराउन नगरपालिकाका सबै वडामा सबै किसिमका योजनामा सहभागी भएको पाइएकाले बुढाथोकीलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय भएको बताए। आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएल तेस्रो संस्करणः यी हुन् क्याटोगरी 'सी' अन्तर्गत छानिएका १७ खेलाडी
-
तत्काल बजार भाउ घटाउन मन्त्रीको कडा निर्देशन
-
टिकटकमा दुर्व्यवहारको भिडिओ राख्ने युवतीको साहसलाई गृहमन्त्रीको सम्मान
-
अन्तिम–१६ को महाभिडन्तअघि पोर्चुगल र स्पेनबारे जान्नुपर्ने कुरा
-
अख्तियारबाट एकाएक किन सरुवा भए डीआईजीसहितका प्रहरी अधिकृत ?
-
तनहुँका दुई स्थानीय तहको बजेट पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण