जुम्लाको चन्दननाथकी उपप्रमुखले तलब सुविधा नलिने
जुम्ला चन्दननाथ नगरपालिकाका नवनिर्वाचित उपप्रमुख रामदेवी खड्काले आफ्नो पाँच वर्षे कार्यकालमा मासिक तलब सुविधा नलिने घोषणा गरेकी छन् । आज आफ्नै कार्यकक्षमा पत्रकार भेटघाट गरेकी उपप्रमुख खड्काले पाँच वर्षसम्म प्राप्त हुने आफ्नो मासिक तलब एक महिला, दलित, गरिब तथा विपन्न समुदायका लागि खर्च गर्ने बताइन् ।
उनले भनिन्, “कार्यविधि बनाएर कोष जम्मा भएको रकम ती वर्ग र समुदायका लागि खर्च गर्छौँ ।” विद्यमान कानुनले व्यवस्था गरेअनुरुप उपप्रमुखको हैसियतमा प्राप्त गर्ने सबै अधिकारमा कुनै पनि प्रकारको प्रभामा नपरी न्याय सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले देशमा मौलाउँदै गएको भ्रष्टाचारलाई न्यूनीकरण गर्न हदैसम्मको प्रयत्न गर्ने जनाए ।
जनप्रतिनिधि र कर्मचारीको सम्बन्धलाई प्रगाढ बनाउँदै जनताको काममा निष्पक्ष एवं पारदर्शी भएर काम गर्ने तथा विकास निर्माण जनताको आवश्यकतामा आधारित बनाउन सक्रिय हुने उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नर्वे र इङ्गल्याण्डको सुरुआती ११ सार्वजनिक, हालान्ड र केनले गर्दैछन् आ–आफ्नो टोलीको नेतृत्व
-
रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती
-
वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी
-
क्यानभासमा कालिका
-
बेलौरीमा नसर्ने रोगका बिरामी बढ्दै
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’, सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण