बारामा गुडिरहेको कारमा आगलागी
मङ्गलबार, १० जेठ २०७९, ०९ : २६
बारामा गुडिरहेको कारमा आगलागी भएका छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका-१६ सडकखण्डको बंगरी पुल नजिकै गुडिरहेको प्र२-०२-००१ च.०१६५ नम्बरको कारमा आगलागी भएको हो ।
आगलागीबाट कारमा पूर्ण रुपमा क्षति पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक सुदर्शन थापाले बताए । प्रहरीका अनुसार कार जलेर नष्ट भए पनि मानवीय क्षति भने हुन पाएन ।
लालबन्दीबाट हेटौंडा जाँदै गरेको कारमा आज बिहान ५:३० बजे अचानक आगलागी भएको हो । दमकल, प्रहरी र स्थानीयको सहयोगले ६:०० बजे आगो नियन्त्रणमा लिइएको थियो । कारको वायर सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
-
१२ बजे १२ समाचार: हरियो रङमै चल्ने भयो ‘ब्लु बस’, महाशक्तिबिच नै हुने भयो सेमिफाइनल भिडन्त
-
मोदी खोलाको बाढीले घर र रेस्टुरेन्ट बगायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण