भरतपुरमा जीतको उत्सव, तस्बिरहरु
चितवनको भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएसँगै उत्सव मनाउन सुरु भएको छ । गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारी निर्वाचित भएका हुन् ।
भरतपुरमा खसेको १ लाख २७ हजार ५०८ मतमा दाहालले ५२ हजार ३० मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ३९ हजार ५८१ मत मात्र पाए । दाहालले १२ हजार ४४९ मतान्तरले एमाले र राप्रपाका साझा उम्मेदवार सुवेदीलाई पराजित गरेकी हुन् ।
यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका अधिकारीले ५२ हजार ८०३ मतसहित विजयी भएका छन् । उनले राप्रपाकी हिमला गुरुङलाई २२ हजार १९१ मतान्तरले पराजित गरेका छन् । एमाले र राप्रपाकी साझा उम्मेदवार गुरुङलाई ३० हजार १९१ मत मात्र आएको छ । ०७४ मा पनि भरतपुरमा माओवादीको मेयर र काँग्रेसको उपमेयर थिए । अहिले पनि मेयर माओवादी र उपमेयर काँग्रेसले जितेको छ ।
यस्तै काँग्रेसले भरतपुर महानगरका १६ वटा वडा जितेको छ । काँग्रेसले १,२,४,५,६,८, १०, १४,१५, १६, १७, २०,२१, २३, २७ र २९ मा वडाध्यक्ष जितेको हो । यस्तै माओवादी केन्द्रले १३, २४ र २६ गरी तीन वडाध्यक्ष जितेको छ भने एकीकृत समाजवादी पनि ७, ९ र २२ गरी तीन वडामा विजयी भएको छ । एमालेले एमाले ३, ११, १२, १८, १९ र २८ गरी ६ वडा जित्दा २५ नम्बर वडामा स्वतन्त्र उम्मेदवारले जितेको अवस्था छ ।





















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण