गहिरो समुद्रमा भेटियो एलियनको सपिङ ब्याग !
प्रशान्त महासागरको गहिराइबाट एउटा भिडियो सार्वजनिक भएको छ जसमा देखिएको चिजलाई एलियनको सपिङ ब्याग भनेर नाम दिइएको छ । वास्तवमा यो निकै अचम्मको देखिने जीव हो जसको शरीरभित्र जे जति छ, त्यो बाहिर बाटै स्पष्ट रुपमा देख्न सकिन्छ ।
यो पारदर्शी जीवको पेट हेर्दा यस्तो लाग्छ कि त्यहाँ भित्र कुरकुरेका निकै चम्किलो टुक्रा छन् । यो निकै अचम्मको छ, ब्यागजस्तै देखिन्छ, भित्रको सामान पनि निकै अचम्मको, त्यसैले यसलाई एलियनको सपिङ ब्याग भनिएको हो ।
यो सी कुकम्बरको एक अज्ञात प्रजाति हो
समुद्रबाट करिब ७,२२१ फिट गहिराइमा यो जीव भेटिएको हो जुन सी कुकम्बरको एक अज्ञात प्रजाति हो । यसलाई एउटा भिडियो क्लिपमा निकै स्पष्ट रुपमा देख्न सकिन्छ । द ओशन एक्सप्लोरेशन ट्रस्टको नोटिलस लाइभमा एजुकेशन र आउटरिचकी निर्देशक मेगन कुकका अनुसार प्रशान्त महासागरको गहिराइमा एक ROV (आरओभी) ले यो जीवलाई क्यामरामा कैद गरेका हो । आरओभी अर्थात् पानीभित्र यात्रा गर्ने गाडी जसलाई रिमोटमार्फत् चलाउन सकिन्छ । यसलाई किङगम्यान रिफ र पाल्मायरा एटोलमा एक सिमाउन्ट नजिकै देखिएको थियो ।
मेगन कुकका अनुसार यो देख्नु सधैँ रोमाञ्चक र शानदार हुन्छ किनभने यो निकै अचम्मको जनावर हो । सी कुकम्बर होलोथुरियन वर्ग भित्र पर्छन् । यसका थुप्रै प्रजाति मध्य प्रशान्त क्षेत्रमा पाइन्छ । रिसर्च वेसल ई–वी नटिलससँग जोडिएको आरओभीले जुन जीवलाई देख्यो त्यो एक एल्पिडिडी फ्यामिलीको हो । यो गहिरो समुद्रमामा बस्छन् जुन समुद्रको पिँधमा बसेको समुद्री बरफ, छालाका कोसिका, मृत जनावरको मल र टुक्रामा जीवित रहन्छ ।
Alien shopping-bag ocean weirdo has glowing Cheetos for guts https://t.co/gnnVsiayc4
— Live Science (@LiveScience) May 20, 2022
खाना खानका लागि यो जनावर आफ्नो चिप्चिपे टेन्टकलको मद्दत लिन्छ । यसको टेन्टकल पात वा ताराको आकारका हुन्छन् जसले यसको मुखको चारैतिर रातो फ्रिन्ज बनाउने गर्छ । यसैको मद्दतले यो खाना र कार्बनिक पदार्थलाई आफ्नो मुखसम्म लैजाने गर्छ । यसको पेटमा चम्किलो कुरकुरेजस्तो चिज वास्तवमा यसको चम्किलो आन्द्रा हो । यो पारदर्शी हुन्छन् त्यसैले यसभित्रका भागलाई स्पष्ट रुपमा देख्न सकिन्छ ।
इभी नोटिलसले आफ्नो आरओभी डाइवको लाइभस्ट्रिम गर्छ । अहिलेको सिजन अक्टोबरको अन्त्यसम्म चल्नेछ । युट्युबमा /EVNautilus मा लाइभस्ट्रिम हेर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रामीण सडक स्तरोन्नति गर्न सय दिनको रोजगारी
-
कोलम्बियाको सानदार सुरुआत, उज्बेकिस्तान ३–१ ले पराजित
-
कूटनीतिक परिपक्वताको संकेत : परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणले कोरेको ‘प्रो-नेपाली’ मार्गचित्र
-
बस्ती हटेपछि यस्तो देखियाे काठमाडौँ उपत्यकाकाे सुकुमबासी क्षेत्र (तस्बिरहरू)
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण